प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकियो

१९ पुस, काठमाडौं। प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।

आज पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘सरकारमा सहभागी हुनेबारे पोलिटब्‍यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिने
छ ।’