नेकपा एकीकृत समाजवादीले भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बोलायो

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका
छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने ती नेताले बताए ।

सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका
छन् ।