प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा आह्वान

१० पुस, काठमाडौं । सरकारको सिफारिसमा प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।