Breaking News

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रको दाबी

१२ पुस,बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।

दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले ९ सिट जितेको छ ।

एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वभाविक र जायज छ कहाँको २९ सिट कहाँको ९ सिट ? केन्द्रका नेताहरुसँग पनि छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ।

८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व) १ का सुरुल पुन, रोल्पा(२ का दीपेन्द्रकुमार पुन र नवलपरासी(२९२० का खड्क बस्नेत० ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् ।

नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।