Breaking News

नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा बिजयी

नेपाली कांग्रेसको संसदीय दलको नेताको आज बिहान भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा बिजयी भएका छन

बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री गगन थापाले २५ मत पाए।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।