Breaking News

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपाको प्रर्दशन

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ ।

आज प्रदर्शनी मार्गमा पार्टीनिकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले एक घण्टा चक्काजाम पनि गरेका थिए ।

सो क्रममा विरोधमा उत्रिएका २ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लब रामशाह पथमा राखेको छ ।

पार्टीले अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने माग गर्दै विभिन्न जिल्लामा पनि प्रदर्शन गरिरहेको छ ।