लियोनल मेसी फिफा विश्वकप २०२२ मा सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै सर्वश्रेष्ट खेलाडी घोषित

३ पुस, काठमाडौं । कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप फुटबल अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् ।

मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् ।

मेसीले सन् २००६ मा तीन खेल खेलेका थिए भने २०१० मा पाँच खेल खेलेका थिए । यस्तै २०१४ मा फाइनल पुग्दा ७ र २०१८ मा ४ खेल खेलेका थिए ।

मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २५ खेलमा ११ गोल गरिसकेका छन् । उनले पाँच मध्ये चार विश्वकपमा गोल गरेका थिए ।