कतारमा जारी फिफा विश्वकप २०२२ फुटबलको फाइनल खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने भएको छ । हिजो राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।
साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २(० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३(० ले हराएको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच भोली शनिबार राति ८ः४५ मा खेल हुनेछ ।