Breaking News

संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा

२८ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले अनलाइनखबरसित भने ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।