नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै मंगलबार रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी दिए । उनका अनुसार रिट निवेदन संवैधानिक इजलासमा दायर भएको हो ।
खनाल नेकपा ९एमाले०का महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत ल्याएका थिए भने खनालले २३ हजार ८९ मत ल्याएका थिए ।