दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

१७ मंसिर, जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो ।

दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको थियो । स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो । अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो ।

घाइतेहरुको उपचार भइरहेको प्रादेशिक अस्पताल जनकपुरमा आफन्तहरुके रुवाबासी छ । ‘कहाँ छ मेरो नाति ? कहाँ छिन् मेरी छोरी ? …’ महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाकी ६४ वर्षीया शोभा साह विलाप गरिरहेकी छन् ।

शोभा छोरी र नातिनीलाई हेर्न चाहन्थिन् । साथमा रहेका आफन्त उनलाई रोक्थे, सान्त्वना दिन्थे । छोरा नाति सकुशल छन्, उपचार हुँदैछ
भनेर ।

जन्ती बोकेको भ्यान दुर्घटनामा हुँदा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाहीकी रुवीकुमारी साह र नाति ११ वर्षीय यशकुमार साहको मृत्यु भएको थियो । यशकुमार शोभाका छोरा रुपेशका छोरा हुन् । दिदी रुवी र छोरा यशकुमारको मृत्युले रुपेश गम्भीर पीडामा छन् । उनकी श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते छिन् ।

रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सकेका छैैनन् । उनका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली र सिर्जना कान्छी छोरी हुन् । दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ ।

घाइते ९ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् ।

अनलाइनखबरबाट