दिपशिखाले गगनलाई आरोप : उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) सँग मिलेर गठबन्धनका सहयात्रीहरूलाई हराए

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले आज बिहान फेसबुकमा लेख्दै भनेका छन्, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन्।

दिपशिखाले गगन र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) सँग मिलेर गठबन्धनका सहयात्रीहरूलाई हराएको आरोप लगाएका हुन्।

‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ। हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो,’ उनले भनेका छन्, ‘तपाईलाई आगामी यात्राको शुभकामना।’

उनले अहिले आइरहेका परिणामलाई स्वीकार गर्ने पनि बताएका छन्।

भ्कभधबकयातधबचष्अबलष्अ
‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो,’ उनले भनेका छन्।