Breaking News

रोल्पा प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन मगर जित नजिक

रोल्पा निर्वाचन क्षेत्र १ को प्रदेश ९ख० का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन मगरले ३ हजार ६६ मतले अग्रता कायम राख्दै जित नजिक पुगेका छन् ।

निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको मत परिणाम अनुसार २५ हजार १९६ गणना गर्दा स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुन मगरले १० हजार ५९२ लिएका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका सभापति एवं पूर्व सिँचाई राज्यमन्त्री अमरसिंह पुन मगरले ७ हजार ५२६ लिएका छन् ।

प्रदेश सभा ९ख० मा ३७ हजार २८ मत खसेकोमा अब ११ हजार ८३२ मात्र गणना हुन बाँकी रहेको निर्वाचन कार्यालय रोल्पाले बताएको छ ।