काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् ।

पराजुली ८७४३ मत ल्याउँदा घिमिरेले ६८०० मत ल्याए। माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ ।