उदयपुर २ मा प्रतिनिधिसभा एमालेका अम्मरबहादुर रायमाझी बिजयी

उदयपुर २ मा प्रतिनिधिसभा एमालेका अम्मरबहादुर रायमाझी बिजयी भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । रायामाझीले जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरेका छन् ।

रायामाझीले १५ हजार २५१ मत ल्याउँदा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार राम कुमार राईले १० हजार ३७९ मत ल्याएका छन् ।

मंगोल नेशनल अर्गनाइजेनका भाष्कर राईले १ हजार ४३० र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल कुमार श्रेष्ठले ९१० मत पाएका छन् ।