रसुवामा कांग्रेसका मोहन आचार्य एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा दोब्बर बढी मत ल्याएर विजयी

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत मात्र ल्याएका छन्।

यहाँ अन्य उम्मेदवारहरूको मत एकदमै कम छ। सय भोट कटाउनेमा दुई जना मात्र छन्।

मंगोल नेसनल अर्गनाइजेसनका विकास गलानले २१० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ मत पाएका छन्।