कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचन कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्।

जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए।

निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।

यस्तै, एमालेका पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरे।