अछाम निर्वाचन १ मा शेरबहादुर कुँवरले झपट बोहरालाई ३ हजार ५४४ मतले पछि पार्दे अग्रता

अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका
छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका कुँवरले आफ्नो बढाउँदै लगेका हुन् ।

अहिलेसम्म उनले ९ हजार ८७१ मतसहित अग्र स्थानमा छन् । उनलाई पछ्याई रहेका नेकपा एमालेका झपट बोहराले ६ हजार ३२७ मत पाएका छन् । भने कुँवरले ३ हजार ५४४ मतको अग्रता पाएका छन् ।

११ जना उम्मेदवार रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्य उम्मेदवार निकै पछि छन् ।