ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन ९ हजार ७३४ मत सहित विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।

उनले १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।