रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता

देशैभरी निर्वाचनको परिणाम आउने क्रममा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन्।

यो क्षेत्रमा माधव नेपाललाई सत्ता गठबन्धनको समर्थन छ भने एमालेका गुप्तालाई एमाले(जसपाको समर्थन छ।