हिजो सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको आज बिहानबाट मतगणना सुरु भएको छ । यसै क्रममा हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ। पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको हो ।
यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेको छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियो । अहिले लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।