Breaking News

गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित

आज बिहान ७ बजेदेखि देशैभरी मतदान भइरहेको छ त बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुरभुज ओझाले बताए ।

उनका अनुसार बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका, स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ । विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो ।