सांसदको जित हासिल पछि संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो

महामन्त्री गगनकुमार थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरे पछि पत्रकारहरुसँग प्रतिक्रिया दिने क्रममा भने, काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

थापाले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।

त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’

मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ रु भनेर काठमाडौं(४ का मतदातालाई हेक्का रहेको उनले बताए ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले भने, यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’