प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने

प्रचण्ड

सत्ता गठबन्धनका प्रमुख नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको १४ वडामा रहेको शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन् ।

मतदान पछि प्रतिक्रिया दिंदै प्रचण्डले, प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए। अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन।

गोरखा २ बाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने, चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।
आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन्।