Breaking News

अध्यक्ष माधवकुमार नेपालले गौरको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान

४ मंसिर, काठमाडौं । बिहान ७ बजेबाट आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।

मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।