१ मंसिर, काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकपअघि हिजो बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ ।
अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याएको छ ।
अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा छ ।
सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हार बेहोरेको छैन ।
कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे ।
डि मारियाले दुई गोल गरे भने मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे ।
अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो ।
कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।
अन्य मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १(० ले, पोल्याण्डल चिलीलाई १(ण् र क्रोएसियाले साउदी अरेबियालाई १(० ले नै पराजित गरेको छ । विश्वकप खेल्ने तयारीमा रहेको रहेको मेक्सिको भने विश्वकपमा छनोट नभएको स्वीडेनसँग २(१ ले पराजित भयो ।