दैलेखमा ओलीलाई एमाले कार्यकर्ताको प्रश्न भिम रावल खै ?

जवाफमा झोक्किदै चुप लागेर बस्नुस् रावलको माया लाग्या भए अछाम जानुस्

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेले आज दैलेखमा गरेको चुनावी सभामा ओलीले भाषण गर्ने बेला एमाले कार्यकर्ताले पटक-पटक भिम रावल ख्र्र्रै्र भनेपछि जवाफमा ओलीले झोक्किदै भने, चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् । भीम रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए । उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन् ।