त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल

पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।

कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

एपिएफको तर्फबाट भुवन कार्कीले ८८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए। सुमित महर्जन ४५ बलमा ५ चौकासहित ३४ रनमा आउट भए। शरद भेषावकर १९ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए।