चितवनमा भोलि लोकतान्त्रिक–वाम गठबन्धनले चुनावी सभा गर्दै एमालेले २८ गते आयोजना गर्दै

२५ कात्तिक, चितवन । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने छन्।

यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कात्तिक २८ गते छ । सो सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न बताइएको छ ।