सुन १३ सयले उकालो लाग्दै प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार

केही दिन लगातार घटेको सुन अस्तिबाट उकालो लाग्न थालेको छ । आज एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको
छ । हिजो प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढ्दै आज एक हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।