डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्पका धक्का

२६ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् ।

आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।