क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला

एजेन्सी

क्यासपियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयले देशको पश्चिममा क्यासपियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने  र यस क्षेत्रको माटो र पानीको नमुनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए ।

संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यासपियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो । क्यासपियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ ।

क्यासपियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक सिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ ।