१ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । चुनाव प्रचार प्रसारका क्रममा झापामा गएका ओली अस्वस्थ भएपछि घरमै आराम गरेका छन् ।
आज ओली गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई अचानक ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।