Breaking News

नवौं राष्ट्रिय खेलकुद १३९ स्वर्णको टुंगो लाग्दा आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा दोस्रोमा एपिएफ २३ स्वर्ण

गण्डकी प्रदेशमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोली नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ।

हालसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेर शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ।

यस्तै अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित कूल ६५ पदक जितेर दोस्रो स्थानमा छ।

यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्बल १६ स्वर्ण, २५ रजत र ३३ कास्य गरी कूल ७४ पदकसहित तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९६ पदक जितेको छ।

यस्तै घरेलु टोली गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य गरी कूल ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कूल १६ पदक जितेर छैठौं स्थानमा रहेको छ।

चौथो दिन २ स्वर्ण थपेर सातौ स्थानमा उक्लिएको प्रदेश एकले ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक जितेको छ।

यस्तै मधेश प्रदशेले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक जितेको छ।

सुदूरपश्चिम प्रदेशले २ स्वर्ण र १ रजत र ११ कास्य गरी कूल १४ पदक जितेर नवौं स्थानमा छ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले १-१ स्वर्ण पदक जितेका छन्। लुम्बिनी प्रदेशले १ स्वर्ण ९ रजत र १२ कास्य गरी कूल २२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण  १ रजत र २ कास्य सहित कुल ४ पदक जितेको छ।