नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सुनाएको हुन् । एमालेलेमा उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो ।
थापाका अनुसार प्रतिनिधिसभातर्फ एमालेबाट बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनेका छन् ।
यस्तै अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा, २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा
टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको छ। नै फाइनल हो । तर प्रदेशको केही हेरफेर हुनसक्छ ।’
एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । एमाले अध्यक्ष ओलीले नेता भीम रावललाई टिकट दिएका छैनन् । पार्टीको १० औं महाधिवेशमा अध्यक्ष ओलीविरुद्ध उठेका रावल प्रतिनिधिसभामा उम्मेदवार हुनबाट बन्चित भएका छन् ।