नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।
तर क्षेत्र नम्बर १ र ३ को उम्मेदवार भने टुंगो नलागेको एक नेताले बताए ।
क्षेत्र नम्बर १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्व जिल्लाअध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिस भएको छ । उनीहरुमध्ये कसलाई टिकट दिने तय भइसकेको छैन ।
क्षेत्र नम्बर २ भने प्रदेशसभा सदस्यहरुको उम्मेदवार समेत तय भएको छ । एक नेताका अनुसार ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।
क्षेत्र नम्बर ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको नाम एकल रुपमा सिफारिस भएको छ । तर राप्रपासँग आज साँझ वार्ता गर्ने तय भएकाले उनको टिकट टुंगिएको छैन ।
प्रदेशसभामा भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ । भुर्तेल निवर्तमान सांसद हुन् भने विष्ट अनेमसंघ चितवनका पूर्व अध्यक्ष हुन् ।यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।
एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।
गएको मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।
अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।