सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि बैठक बालुवाटारमा सुरू

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि बैठक बालुवाटारमा सुरू भएको छ।

सो बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छैन।

जसपा अध्यक्ष उपेन्द्र यादव हिजो बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागी भएका थिए। यादवले दोश्रो तहका नेतालाई बैठकमा छोडेर एमाले नेताहरूसँग छलफल गरेका थिए।

एमाले नेताहरू र जसपा नेताहरूको आज बिहानसम्म बैठक भएको भए पनि औपचारिक सहमति हुन सकेको छैन।

एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताए।

‘हामी आजको बैठकमा बालुवाटार जान्छौं। सत्ता गठबन्धनले कस्तो प्रस्ताव गर्छ भन्ने हो। हामी तालमेलका लागि सबैसँग खुला छौं,’ हामी एमालेसँग पनि हामी सहमतिको नजिक छौं।