चीन-ताइवान तनाव : चीनको सैन्य अभ्यास आजबाट सुरु हुने

छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानबाट फर्किएकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ।