मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढ्यो महँगा दरका मोबाइलको मूल्य बढ्ने

हिजो सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसदबाट सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणपछि महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो ।

आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २।५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ ।

अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।