Breaking News

गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा

१३ जेठ, काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।