Breaking News

ओलीले गगनलाई जवाफ : कोही बालकोट आएर ट्युसन खोल्न तयार भए ठाउँ मिलाइ दिउला

हिजो आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस महामन्त्री गगन थापाबीच जुहारी चलेको छ । ओलीले केही दिन अघि काँग्रेस घोषणापत्रको बारेमा बोलेको टिप्पणी बारे उत्तर दिन क्रममा अस्ति मात्र गगन थापाले ओलीलाई उनकै निवासमा गएर ट्युसन पढाउनु पर्ने भयो भनेर ब्याङ्ग्य हानेको भोलि पल्ट एमाले अध्यक्ष पनि गगन थापालाई जवाफ दिंदै भने, कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको र कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरू उम्मेदवारमा आएको बताए । ओलीले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले कांग्रेस महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरूसँग एमालेभित्र पनि भिडाइदिने बताए।

जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउने भए ठाउँ मिलाइ दिउला।

ओलीले भने, नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरूले महिला भनेर श्रीमती र छोरी उठाएको बताए।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको विरूद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौं। कोही ट्युसन क्लास चलाउँछु भन्नेहरू पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरू थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरूसँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन। तर हामी बहस गर्न तयार छौं ।