आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले एक निष्कर्ष निकाल्दै बदेशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता, झलनाथ खनाल, जसपा वरिष्ठ नेता अशोक राई र जनमोर्चा उपाध्याक्ष एवं नेतृ दुर्गा पौडेल सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पाँचै जना नेताहरुको हस्ताक्षरमा गरिएको पत्रमा देशैभरी ठाउँ अनुसार मिलाएर चुनावी सहकार्य गर्न अनुरोध समेत गरिएको छ ।