११ चैत, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ ।
पीएनजीसँग नेपालको यो पहिलो हार हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।
नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।