नेकपा (माओवादी केन्द्र) आठौं महाविेशन जारी छ । केन्द्रीय कमिटी गठनका लागि अहिले छलफल र सहमति चलिरहेको छ । सहमति नभए निर्वाचन प्रक्रियामा गएर केन्द्रीय कमिटी चयन गर्ने भनिए पनि निर्वाचन आयोगगले क्लस्टरवाईज निर्वाचित हुने केन्द्रीय कमिटी सदस्यको संख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगले साँझ सार्वजनिक गरेको निर्वाचन सम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको संख्या सार्वजनिक गरेका हुन् ।
जसमा खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४५ खस आर्य निर्वाचित हुनेछन् । यसमा पुरुष १२, युवा पुरुष ३, महिला २४ र महिला युवा ६ जना रहनेछन् । त्यस्तै समानुपतिककै दलिततर्फ २२ जना निर्वाचित हुनेमा पुरुष ६, युवा पुरुष १ महिला १२ र महिला युवा ३ जना निर्वाचित
हुनेछन् ।
त्यसैगरी मुस्लिमतर्फ ७ जना,मधेसीतर्फ २३ जना, आदिवासी जनजातीतर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् । यो सवै गर्दा खुलातर्फ १४५ र समावेशीतर्फ १५४ हुन्छ । सवै गर्दा माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने छ ।
माओवादीले विधान संशोधन गर्दै ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी समेटेर केन्द्रीय केन्द्रीय समिति बनाउने जनाएको छ । सवै पदमा सहमति नभए निर्वाचनका माध्यमबाट केन्द्रीय कमिटी छनोट हुनेछ ।
सूची यस प्रकार छ :