”सम्झनामा (हरी प्रसाद बस्याल पैयु, भोर्ले हिले, मेरो बाबा)”!
हरेक छोराछोरीलाई बाबाआमाको माया सन्सार कै अमुल्य हुन्छ । आज कुसे औसीको दिन बाबाको सम्झनामा केही शब्दहरु लेख्न मन लाग्यो । बाबा पुरुषप्रधान समाजको पात्र मात्र नभएर एउटा नारी अस्तित्वको जगेर्ना पनि हो । त्यसैले बाबा मेरो नारी आवाजको स्वर सङम पनि हो ।
त्यो बेला समाजमा भोक भोकै काम गरेर बिरामी बाबा भएको याद आउँछ मलाई । समाज र अरुको काम भनेपछी आफ्नो घर पनि बिर्सने मेरो बाबाजस्तो नेतृत्व गर्ने विरलै पाइन्छ । पन्चायत कालमा धेरै सेवा गरेर समाजको आखाँको तारा हुनु हुन्थ्यो मेरो बाबा । त्यतिबेलाको नायक नै हुनुहुन्थ्यो मेरो बुबा । एक नायक जसले आफ्नो अरु नभनी सबैलाई बनाउने गर्नुहुन्थ्यो । कहिल्यै कसैको पैसामा भ्रस्टाचार गर्नु भएन बरु घरको पुरानो सम्पती बेचेर सामाजिक काम हुन्थ्यो । त्यो बेला पञ्चायत कालमा सबैले प्रधानपञ्च भनेर चिन्थे ।
बाबाको देन यति थियो कि बाहिरसम्म एकचोटी काठमाडौं को एउटा पार्टी प्यालेसमा एकजना काठमाडौं बासीले म राजनीति गर्दिन लेखक हो भन्दा “त्यस्ता महान बाउको छोरीले राजनीति गर्दिन भन्न सुहाउदैन बैनी” भन्दै मलाई सम्झाउदै हुनुन्थियो । गाउमा पनि बाबाको मृत्यु भएपछी हामी टुहुरा भयौ भनेको दलित समुदाय बाट सुन्थे । त्यसैले बाबा हजुरको देनको बणन गरि साध्य छैन । पञ्चायतकालको भएपनि उदारवादी हुनुहुन्थ्यो सबैले भन्थे । कहिल्यै भ्रष्टाचार गर्नु भएन । भन्न त आफ्नै ले ‘मर्छु कहिल्यै भनेको थिएन मर्यो’ भन्ने पनि थिए । तर टाढासम्म राम्रो कामको प्रेरणा बन्नु भाको मेरो बुबा एउटा महानायक हुनु हुन्थ्यो । सबै मान्छे बराबर हुन भनी समानता सिकाउनु हुन्थ्यो, हामीलाइ सानैमा । गाउँमा ती भाउजू बुहारी, छोरी चेली सबै बाबालाई सम्झेर रुन्थे ।
त्यसैले बाबा हजुरको सम्झनामा यी शब्दहरुको माला उनी सम्मानले सजाएकी छु आज बाबाको मुख हेर्ने दिन, जुन अरु चाँड भन्दा विशेष हो हजुरका लागि । हजुर हाम्रो सामु नभए पनि मलाई सदैव संगै लागेको जस्तो लाग्छ ति बिगतका पलहरुलाई सम्झिदा । हजुरले दिएका आर्शिवाद र अगाढी बढ्नका लागि सिकाएका प्रेरणाका बाटाहरु र हरक क्षण सिकाई रहने मेरो बाबालाई जति सम्झिए पनि सकिन्न होला । हो आज मजस्ता हजारौं छोरी र अन्य छोराहरुले साथमा रहेका बाबालाई मिठामिठा खाने कुरा, राम्रा लुगा र संगै बसेर सुखीका साथै अन्य रमाईला क्षण बनाएर मनाईरहेका छन् भने जो बाबा हुनुहुन्न (स्वर्गलोेक) जानु भएको छ भने आफ्नो बाबाको पृत्त आत्मालाई धामिर्कस्थलमा पुगि बाबालाई सम्झदै श्रद्धासुमन लगायतका कर्मकार्य गरी सम्झने गरिन्छ आज । त्यसैले जो जहाँ रहने पनि आजको दिन आफुसँगै भएको बाबालाई सुखी बनाएर र आफुसंग बाबा नहुनु भएकाहरुले वा ( स्वर्गमा) रहनु भएका बाबालाई धामिर्क परम्पराअनुसार सम्झेर मनाउन विशेष आभार
छ ।