Breaking News

जसपा कार्यकारिणी समिति ३५ सदस्यीय कायम एकल अध्यक्षमा उपेन्द्र यादवलाई कायम गर्दै महन्थ ठाकुरको अध्यक्ष बाट आउट

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

यससँगै अब जसपामा उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् भने महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।

यद्यपी अहिले पनि महन्थ ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहेकाछन् ।