एक डेढ घन्टामै किन उल्टाईयो सरकारले आफ्नै निर्णय

गएको एक डेढ घन्टा अगाडी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । त्यो पनि सरकारले काठमाण्डौं उपत्यकामा अड्किएका मान्छेहरुलाई सरकारकै व्यवस्थामा लैजाने निर्णय गरेको थियो तर किन फेरि आफ्नै निर्णय उल्टाएर रद्द गर्यो त त्यो पनि रहस्य विषय भएको छ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो त । स्रोतका अनुसार प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको बुझिन आएको छ ।