Breaking News

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश र जनतामाथि कुठाराघात

८ जेठ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा बिघठन गरेर मध्यवधि चुनाव घोषणा गरेपछि एमाले नेता भीम रावलले आफ्नो प्रतिक्रिया दिने क्रममा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो । राष्ट्रपतिले सदर गर्नुभयो । यो संवैधानिक र राजनीतिक रुपमा गलत छ,’ उनले भने, ’राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो । विपक्षी दल र हामीले पु¥याएको बहुमतलाई बेवास्ता गरियो ।