मैले सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु

नेता योगेश भट्टराई

७ जेठ, काठमाडौं । आज भएको नयां सरकारका लागि प्रधानमन्त्री सिफारिसका लागि गरिएको हस्ताक्षरका बारेमा आफ्नो तितो बिचार सामाजिक संजालबाट दिने क्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् ।

एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गरेका थिएनन् ।

एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका थिए । सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’