नेपाली काँग्रेस बाराद्धारा कोरोना भाइरस राहत कोषमा ४० लाख सहयोग

कदर समाचार
२४ चैत, बारा । कोरोना भाइरस संक्रमण तथा राहत कोषमा नेपाली कांग्रेस बाराले प्रदेश नम्बर–२ को मुख्यमन्त्री राहत कोषमा ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका बारा जिल्ला सभापति जयचन्द्र चौरसिया नेतृत्वको टोलीले सोमबार जनकपुर पुगेर ४० लाख ७५ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्बर–२ संसदीय दलका नेता रामसरोज यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतको उपस्थित रहेको नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहले जानकारी दिनुभयो ।